लेख विवरण

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौंँ । एसियाली खेलकुद २०२३ (एसियाड) का लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पुरुष क्रिकेट टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् ।

हाल टोलीमा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदका लागि घोषणा गरिएको टोलीमा छैनन् ।

एसियाडका लागि क्यानले राखेपमा बुझाएको १५ जनाको नामावली :

रोहित पौडेल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.