लेख विवरण

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

काठमाडौं । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डंगोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्र्स अरगनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिने छन् । सेमिनारपछि प्रतियोगिता हुनेछ ।

प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डंगोल रहेका छन् । टोली मंगलबार जर्मनी प्रस्थान गर्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.