लेख विवरण

एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने

एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने भएको छ ।

नेपाली बक्सिङ खेलाडी टोली एसियाड तयारीका साथै भारतको पन्जाबमा आयोजना हुने मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता समेत खेल्नेछ । भारत गएको टोलीमा पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भूपेन्द्र थापा, ७१ केजीमा दीपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष् दुवाडी छन् ।

यस्तै महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा सङ्गीता सुनार, ६६ केजीमा विनीता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् । नेपाली टोलीको प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।

नेपाली खेलाडीले पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ सङ्घले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.