क्रिकेटरहरुलाई पैसाको घमण्ड : कपिल देव
काठमाडौंँ । क्रिकेट खेलाडीहरुले पैसाको घमण्ड देखाउने गरेको पूर्व भारतीय कप्तान कपिल देवले बताएका छन् । उनले हालै एक अन्तर्वार्तामा भने, 'कहिलेकाहीँ बढी पैसा भएपछि मान्छेहरु घमण्डी हुन्छन् । पैसाको घमण्डका कारण अहिलेका खेलाडीहरु पूर्व खेलाडीहरूसंग सल्लाह लिन जाँदैनन् र बारम्बार गल्ती दोहोर्याउँछन् । जबकि खेलमा सुधार गर्नका लागि सधैं समय हुन्छ ।'
'क्रिकेटरहरूलाई लाग्छ कि उनीहरूलाई सबै कुरा थाहा छ' कपिलले द वीकलाई दिएको अन्तर्वार्तामा भने । 'यसअघिको र आजको क्रिकेटमा यही फरक छ । तर याहाँ धेरै यस्ता क्रिकेटरहरू छन् जसलाई मद्दत चाहिएको छ।'
'हामीसंग सुनिल गावस्कर छन्, तपाईं किन उनीसँग कुरा गर्न सक्नुहुन्न ? किनभने खेलाडीहरू सोच्छन् कि उनीहरुलाई सबै कुरा थाहा छ । सायद उनीहरुलाई सबै कुरा थाहा छ, तर ५० सिजन क्रिकेट हेरेको व्यक्तिको अतिरिक्त सहयोगले कुनै हानि गर्दैन ।'
कपिल देवको कप्तानीमा भारतले सन् १९८३ मा पहिलो पटक विश्वकप जितेको थियो ।
हालै इन्डियन एक्सप्रेससँग कुराकानीमा सुनिल गावस्करले अहिलेका कुनै पनि खेलाडी सल्लाह लिन नआउँने गरेको बताए । "सचिन तेन्दुलकर, राहुल द्रविड र वीवीएस लक्ष्मण मसँग आएर ब्याटिङमा भएका त्रुटिहरूको बारेमा कुरा गर्थे । तर अहिलेका खेलाडीहरु त्यस्ता छैनन ।"

टिप्पणी लेख्नुहोस्