सप्तरी क्रिकेटको जिल्ला अधिवेशन श्रावण २२ मा
राजविराज । सप्तरी जिल्ला क्रिकेट संघको अधिवेशन यहि श्रावण २२ मा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को सर्कुलर अनुसार यहि श्रावण मसान्त भित्र जिल्लाहरुले अधिवेशन गनुपर्ने भएकोले सप्तरी जिल्ला क्रिकेट संघले अधिवेशन डाकेको हो ।
अब हुने अधिवेशनबाट १५ सदस्यीय कार्य समिती चयन हुने सप्तरी क्रिकेटले जनाएको छ ।
कार्यक्रम यही श्रावण २२ मा राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभा कक्षमा हुने जारी गरिएको सुचनामा उल्लेख छ ।

टिप्पणी लेख्नुहोस्