क्रिकेट संघ दाङको अधिवेशन साउन २२ मा
दाङ । जिल्ला क्रिकेट संघ दाङको अधिवेशन यहि साउन २२ गते हुने भएको छ । दाङको घोराहीमा बसेको अधिवेशन तयारी बैठकले यही आउने २२ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
क्रिकेट संघ दाङमा हाल नयाँ र पुराना गरि १८ सदस्य रहेका छन् । साथै जिल्लामा रहेका क्रिकेट क्लवका अध्यक्ष हरुले पनि विधान अनुसार प्रक्रिया पुरा गरि सदस्यता प्राप्त गरेका छन ।
नेपाल क्रिकेट संघको विधान अनुसार ८ देखि १५ सदस्यीय कार्यसमिति हुन सक्ने प्रावधान तोकेको भएपनि जिल्लामा १३ जनाको कार्यसमिति हुनसक्ने देखिएको क्रिकेट संघ दाङका अध्यक्ष मजगैयाले बताए । उनले आउने कार्यसमितिको आकार यही नै अन्तिम हुने भन्ने नरहेको मजगैयाले बताए ।

टिप्पणी लेख्नुहोस्