मनिष डाँगीले थाइल्याण्डको रेयोङ एफसीबाट खेल्ने
काठमाडौंँ । मनिष डाँगी थाइल्याण्ड लिग २ क्लब रेयोङ एफसीमा आबद्ध भएका छन । उनले औपचारिक रुपमा सम्झौता गरेको रेयोङ एफसीले समाजिक संजाल मार्फत जनाएको छ । मनिष थाई फुटबलको इतिहासमा थाइल्याण्ड लिगमा प्रवेश गर्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन ।
नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्ड भ्रमण गर्दा नागावर्ल्ड एफसी विरुद्धको अभ्यास खेलमा उनले राम्रो प्रर्दशन गरेरे आफुहरुको ध्यान खिच्न सफल भएको रेयोङ एफसीले जनाएको छ । थाई फुटबलमा पहिलो नेपाली पेशेवर फुटबलरको रुपमा आफ्नो नाम प्रमाणित गर्न र आफ्नो नाम बनाउन मनिष कटिबद्ध हुने विश्वास रेयोङले लिएको छ ।
साथै रेयोङ एफसीले "हिमालय ल्याण्ड" बाट नयाँ सदस्यलाई आफ्नो टोलीमा आधिकारिक रूपमा स्वागत गर्न पाउँदा खुसी भएको मनिषको पहिलो सिजन यादगार हुनेछ जनाएको छ ।
मनिष र रेयोङबीच एक वर्षको सम्झौता भएको छ । उनले नेपाली राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै दुई गोल पनि गरेका छन् ।
नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा गत सिजन सङ्कटा क्लबबाट खेलेका मनिषले २४ खेल खेल्दै चार गोल गरेका थिए । त्यसअघि उनले मच्छिन्द्र क्लबबाट पनि खेलेका थिए । मनिषले बहराइनको क्लब इत्तेहाल अल रेफबाट पनि खेलेका थिए ।

टिप्पणी लेख्नुहोस्