लेख विवरण

यु–१६ राष्ट्रिय टोली छनोटमा हुम्लाबाट ८ खेलाडी

यु–१६ राष्ट्रिय टोली छनोटमा हुम्लाबाट ८ खेलाडी

हुम्ला । यु–१६ राष्ट्रिय टोली छनोटका लागि हुम्लाबाट ८ खेलाडी स्थान बनाएका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको खुला छनौट मार्फत उनीहरु स्थान बनाएका हुन ।

हुम्लाबाट छनोट हुनेमा लभ रुक लामा (फरवार्ड), कन्जोक लामा (मिडफिल्डर), धिरेन जुनियर बुढा (स्ट्राइकर), रिधे आ जंग शाही (डिफेन्डर), नसिब तामाङ (डिफेन्डर), मिजास रावत (स्ट्राइकर), आदित्य महत (स्ट्राइकर) र सन्देश शाही (फरवार्ड, गोलकिपर) रहेका छन ।

आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुने साफ यु–१६ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली निर्माण गर्न एन्फा छनोट कार्यक्रम आयोजना गरेको हो ।

एन्फाले साउन १ देखि ४ गतेसम्म जिल्लास्तरीय छनोट, साउन ६ देखि १४ गतेसम्म प्रदेशस्तरीय छनोट कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै अन्तिम छनौट कार्यक्रम साउन १६ (भोली) देखि २० गतेसम्म सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.