लेख विवरण

डरबन कलन्दर्स पहिलो पटक अफ्रो टी–१० लिगको उपाधि विजेता

डरबन कलन्दर्स पहिलो पटक अफ्रो टी–१० लिगको उपाधि विजेता

हरारे। जिम्बाब्वेमा सम्पन्न जिम अफ्रो टी–१० को फाइनलमा डरबन कलन्दर्सले जोहानेसबर्ग बफेलोजलाई ८ विकेटले पराजित गर्दै लिगको उपाधि उचालेको छ । फाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने डरबन कलन्दर्सको निर्णय सहि साबित भयो । हरारे स्पोर्ट्स क्लब मैदानमा पहिले ब्याटिङ गर्न आएको जोहानेसबर्गको टोलीले निर्धारित १० ओभरमा चार विकेट गुमाएर १२७ रन बनाएको थियो ।

टोलीका लागि टम ब्यान्टनले १७ बलको सामना गर्दै २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ३६ रन बनाए । उनी बाहेक कप्तान मोहम्मद हफिजले १३ बलमा ३२ रन बनाए । युसुफ पठानले १४ बलमा ५ चौकाको मद्दतले २५ रन बनाए । यसरी टोलीले १२७ रन बनाउन सफल भयो ।

जवाफमा डरबन कलन्दर्सले चार बल बाँकी रहँदै अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो। टोलीका तर्फबाट हजरतुल्लाह जाजाईले फिनिशरको भूमिका निर्वाह गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । उनले २२ बलमा एक चौका र चार छक्का प्रहार गर्दै अविजित ४३ रन बनाए ।

यसबाहेक टिम सेफर्टले १४ बलमा ३० रन बनाए । सोही क्रममा आन्द्रे फ्लेचरले ११ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रनको इनिङ खेले । जोहानेसबर्गका लागि उस्मान शिनवारीले सर्वाधिक २ विकेट लिए । यसरी जोहानेसबर्ग बफेलोजलाई हराउँदै डरबन कलन्दर्सले पहिलो पटक टी–१० लिगको उपाधि जितेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.