ओभल टेस्टपछि स्टुअर्ट ब्रोडले क्रिकेटबाट सन्यास लिने
काठमाडौंँ । इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले जारी एसेज सिरिजको पाँचौं र अन्तिम टेस्ट आफ्नो व्यावसायिक करियरको अन्तिम खेल हुने घोषणा गरेका छन् ।
ब्रोडले शुक्रबार यो निर्णय लिदै र यसबारे आफ्ना सहकर्मी जेम्स एन्डरसन र जो रुटलाई जानकारी गराएका थिए ।
तेस्रो दिनको खेलको अन्त्यमा ब्रोडले भने, 'यो अद्भुत यात्रा रह्यो, नटिङ्घमशायर र इङ्ल्यान्डका लागि खेल्न पाउनु मेरो लागि गर्वको कुरा हो। म सधैं जस्तै क्रिकेटलाई माया गर्नेर्छु। यो शृङ्खलाले मलाई सबैभन्दा रोमाञ्चक शृङ्खलाहरू मध्ये एक भएको महसुस गराएको छ।'
ब्रोडलाई टेस्ट इतिहासका पाँच उत्कृष्ट बलरमध्ये एक र दोस्रो सबैभन्दा तिव्र गतिका बलरको रूपमा मान्यता दिइनेछ। गत साता उनले आफ्नो पार्टनर एन्डरसनपछि टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरेका थिए ।
उनले हालसम्म ६०२ विकेट लिएका छन् र ३ हजार ६५६ रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्