सन् २०२४ को टी–२० विश्वकप जुन ४ देखि ३० सम्म खेलाइने
काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकप अर्को वर्ष जुन ४ देखि ३० सम्म वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा खेलाइने भएको छ । चर्चित क्रिकेट वेवसाइट क्रिकइन्फोका अनुसार प्रतियोगिता विभिन्न १० स्थानहरूमा खेलाइनेछ।
यसैका लागि आइसीसी टोलीले यो साता संयुक्त राज्य अमेरिकाको सर्ट लिस्टमा परेका केही खेल स्थानहरूको निरीक्षण गरेको छ । जसले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ। टोलीले विगतमा अन्तर्राष्ट्रिय खेलहरू आयोजना गरेको फ्लोरिडा स्थित लाउडरहिलको पनि निरीक्षण गरेको छ। यसबाहेक आईसीसीले अमेरिकाको मोरिसभिल, डलास र न्यूयोर्कलाई पनि सर्टलिस्ट गरेको छ ।
मोरिसभिल र डलासले हाल मेजर लिग क्रिकेटको उद्घाटन संस्करण आयोजना गर्दैछन्। डलास (ग्रान्ड प्राइर स्टेडियम), मोरिसभिल (चर्च स्ट्रिट पार्क) र न्यूयोर्क (ब्रुक्समा भ्यान कोर्टल्याण्ड पार्क) मैदानहरूले अझै पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन, जुन आईसीसीको नियममा अनिवार्य छ। आयोजना स्थलको बारेमा आईसीसीले अन्तिम निर्णय क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) र यूएसए क्रिकेट (यूएसएसी) सँग मिलेर आगामी केही महिनामा लिनेछ।

टिप्पणी लेख्नुहोस्