एमआई न्यूयोर्क मेजर लिग क्रिकेट च्याम्पियन
काठमाडौंँ । एमआई न्यूयोर्क मेजर लिग क्रिकेटको च्याम्पियन बनेको छ । डलासमा खेलिएको फाइनल खेलमा एमआईले सिटर ओर्कासलाई ७ विकेटले पराजित गर्दै एमएलसी पहिलो सिजनको उपाधि जितेको हो ।
उपाधि खेलमा टस जितेर पहिले बलिङ गर्ने एमआई न्यूयोर्क निर्णय सहि साबित भयो । टस हारेर पहिले ब्याटिङ गरेको सिटर ओर्कासका लागि विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले उत्कृष्ट ब्याटिङ गरे । उनले ५२ बलमा ८७ रनको इनिङ खेल्दै टोलीको स्कोर १८३ रनमा पुर्याउन महत्वपूर्ण योगदान दिए । उनी बाहेक शुभम रञ्जानेले २९ रनको इनिङ खेले । एमआईका लागि राशिद खान र ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिए । ओर्कासको टोलीले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
जवाफमा एमआईले १६ ओभरमा लक्ष्य पूरा गर्यो। टोलीका तर्फबाट विस्फोटक ब्याट्सम्यान निकोलस पूरनले मैदानमा चौका र छक्काको वर्षा गर्दै शानदार शतकीय अविजित इनिङ्स खेले । उनले ५५ बलमा अविजित १३७ रन बनाए । उनी बाहेक डेभिड ब्रेविसले २० रन बनाए । यसरी एमआई न्युयोर्कले ४ ओभर बाँकी रहँदै खेल ७ विकेटले जित्यो ।

टिप्पणी लेख्नुहोस्