लेख विवरण

एसियाडका लागि भारतीय फुटबल टोली घोषणा

एसियाडका लागि भारतीय फुटबल टोली घोषणा

काठमाडौंँ । सेप्टेम्बर २३ देखि चीनमा हुने एसियाली खेलकुदका लागि भारतीय पुरुष फुटबल टोली घोषणा भएको छ । एसियाडमा भारतीय यू(२३ टोलीले सहभागिता जनाउने भएको छ । टोलीमा ३ सिनियर खेलाडी रहने छन । भारतीय टोलीका कप्तान सुनिल क्षेत्री, डिफेन्डर सन्देश झिंगान र गुरप्रित सिंह सन्धु टोलीमा रहनेछन् भने क्रोएसियाका प्रशिक्षक इगोर स्टिमाकले टोलीको प्रशिक्षण गर्नेछन्।

भारतीय पुरुष र महिला फुटबल टोलीलाई एसियाडका लागि भारत सरकारले विशेष अनुमति दिएको छ। सन् २०१८ को एसियाडमा भारतीय टोलीलाई खेल्न अनुमति दिइएको थिएन । भारतीय खेलकुद मन्त्रालयको नियममा एसियाको टप ८ टोली रहेको टिम इभेन्टमा मात्र सिनीयर टोलीलाई जान दिइने उल्लेख छ । टोलीले पछिल्लो पटक २०१४ को एसियाडमा भाग लिएको थियो।

६ समूह विभाजित एसियाड फुटबल प्रतियोगितामा २३ टोली सहभागी छन् । समूह ए, बी, सी, ई र एफमा चार–चार टोली छन् भने समूह ‘डी’ मा तीन टोली छन् । भारतको पुरुष टोलीलाई आयोजक चीन, बंगलादेश र म्यानमारसँगै समूह ए मा राखिएको छ ।

दुई पटकको एसियाड च्याम्पियन भारत नौ वर्षपछि पहिलो पटक महादेशीय मल्टिस्पोर्ट फुटबल खेलमा सहभागी हुँदैछ ।

भारतीय पुरुष फुटबल टोली :

गोलकिपर : गुरप्रीत सिंह सन्धु, गुरमीत सिंह, धीरज सिंह मोइराङ्थेम ।

डिफेन्डर : सन्देश झिंगान, अनवर अली, नरेन्द्र गहलोत, लालचुङनुंगा, आकाश मिश्रा, रोशन सिंह, आशिष राई ।

मिडफिल्डर : ज्याक्सन सिंह, थौना ओजम, सुरेश सिंह वाङ्जाम, अपुइया राल्टे, अमरजीत सिंह कियाम, राहुल केपी, नौरेम महेश सिंह।

फरवार्ड : शिव शक्ति नारायणन, रहिम अली, सुनील सहेद्री, अनिकेत जाधव, विक्रम पार्थप सिंह, रोहित थानु।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.