लेख विवरण

आयरल्याण्ड भ्रमणका लागि भारतीय टोली घोषणा

आयरल्याण्ड भ्रमणका लागि भारतीय टोली घोषणा

काठमाडौंँ । अगस्ट १८ बाट सुरु हुने आयरल्याण्ड भ्रमणका लागि भारतीय टोली घोषणा गरिएको छ । करिब एक वर्षपछि चोटबाट फर्किएका फास्ट बलर जसप्रित बुमराहलाई टोलीको कप्तान बनाइएको छ भने रोहित शर्मा, विराट कोहली र हार्दिक पाण्ड्यालाई आराम दिइएको छ ।

यो सिरिज भारतको लागि महत्वपूर्ण छ किनभने जसप्रित बुमराहले टोलीमा कमब्याक गर्दैछन्। भारतीय टोलीले अर्को महिना एसिया कप र त्यसपछि अक्टोबर–नोभेम्बरमा विश्वकप खेल्नुपर्नेछ । यस्तो अवस्थामा बुमराह फर्ममा फर्किए भने टोली बलियो हुनेछ ।

भारतले आयरल्याण्डसँग तीन टी(२० खेल खेल्नेछ। क्यारेबियन भ्रमणपछि टोली सिधै आयरल्याण्ड जानेछ ।

भारतीय छनोटकर्ताले आयरल्याण्ड भ्रमणका लागि तिलक वर्मा, रिंकु सिंह र जितेश शर्मा जस्ता आईपीएल स्टारलाई टोलीमा मौका दिइएको छ। उनीहरु सबैले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आयरल्याण्ड भ्रमणका लागि भारतीय टोली : जसप्रित बुमराह (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, सञ्जु सैमसन (विकेटकिपर), जितेश शर्मा (विकेटकीपर), शिवम दुबे, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.