लेख विवरण

ओडीआई विश्वकप २०२३ को पोस्टर सार्वजनिक

ओडीआई विश्वकप २०२३ को पोस्टर सार्वजनिक

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अगामी अक्टोबर–नोभेम्बरमा हुने ओडीआई विश्वकप २०२३ को पोस्टर सार्वजनिक गरेको छ । भारतमा हुने प्रतियोगितामा १० वटै टोलीका कप्तानहरु ट्रफी सहित पोस्टरमा देखिएका छन् ।

ट्रफीको सबैभन्दा नजिक इङ्ल्यान्डका कप्तान जोस बटलर र अस्ट्रेलियाका कप्तान प्याट कमिन्स छन्। अस्ट्रेलिया पाँच पटकको एकदिवसीय विश्वकप विजेता हो भने इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन हो।

बटलरको देब्रेपट्टि भारतका कप्तान रोहित शर्मा, अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिदी, श्रीलंकाका दासुन शनाका र न्यूजिल्याण्डका टम लाथम छन्।

कमिन्सको दायाँतर्फ पाकिस्तानका कप्तान बाबर आजम, दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमा, बंगलादेशका तमिम इकबाल र नेदरल्यान्ड्सका स्कट एडवर्डस छन्। यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता अक्टोबर ५ मा डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीचको खेलबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन र फाइनल खेल अहमदाबादमा हुनेछ । प्रतियोगिताको सबैभन्दा चर्चित खेल अर्थात् भारत–पाकिस्तानको खेल पनि अक्टोबर १५ मा नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.