विश्वकप अघि न्यूजिल्याण्डलाई ठूलो राहत, केन विलियम्सन नेट अभ्यासमा फर्किए (भिडीयो)
काठमाडौंँ । एकदिवसीय विश्वकप २०२३ अघि न्यूजिल्याण्डका लागि ठूलो राहत भएको छ । टोलीका स्टार ब्याट्सम्यान केन विलियम्सन नेट अभ्यासमा फर्केका छन् ।
विलियम्सन आईपीएल २०२३ को पहिलो खेलमा घाइते भएका थिए । त्यसयता उनी लगातार क्रिकेटबाट टाढा रहे । विलियम्सनले आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत एक भिडियो साझा गरेका छन । जसमा उनी ब्याटिङ गरिरहेको देख्न सकिन्छ । भारतमा हुने विश्वकपमा न्युजिल्याण्डका लागि विलियम्सनले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
विलियम्सनले आफ्नो करियरमा अहिलेसम्म ९४ टेस्ट, १६१ एकदिवसीय र ८७ टी २० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले १६४ टेस्ट इनिङ्समा ५४.८६ को औसतमा ८ हजार १२४ रन, १५३ एकदिवसीय खेलमा ४७.८५ को औसतमा ६ हजार ५५५ रन र ८५ टी २० अन्तर्राष्ट्रियमा ३३.३ को औसत र १२८.८९ को स्ट्राइक रेटमा २ हजार ४६४ रन बनाएका छन्।

टिप्पणी लेख्नुहोस्