लेख विवरण

महिला टी–२० विश्वकप छनोटका लागि २४ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

महिला टी–२० विश्वकप छनोटका लागि २४ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

काठमाडौंँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि २४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । क्यानले मंगलवार (आज) प्रशिक्षणमा पर्न सफल खेलाडीहरुको लिस्ट सार्वजनिक गर्दै यस बारे जानकारी दिएको हो ।

क्यानले सार्वजनिक गरेको लिस्ट अनुसार प्रशिक्षण शिविरमा रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मीना कर्माचार्य, कृतिका मरासैनी, बिन्दु रावल, अप्सरी बेगम, काजल श्रेष्ठ, सम्झना खड्का र इश्वरी बिष्ट रहेका छन । त्यस्तै टोलीमा ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोडर, खुशी डंगोल, पुजा महतो, शबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, श्रृष्टी जैसी र स्नेहा महरा रहेका छन ।

आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अगामी अगष्ट ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसंगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार, युएई, चिन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन । प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ । नेपाल रहेको समुुहमा आयोजक मलेसियासंगै बहराइन, भुटान, कतार र युएई रहेका छन ।

प्रतियोगिताको उद्धघाटन खेल अगष्ट ३१ मा नेपालले मलेसियाको सामना गर्नेछ । सो खेल बायुमास ओभल, पान्डामारनमा हुनेछ । नेपालले दोस्रो खेल बहराइनसंग सेप्टेम्बर १ मा सेलान्गोर टर्फ क्लब, क्वालालम्पुरमा खेल्ने छ । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा युकेएम–वाइएसटी बांगीमा हुनेछ । नेपालले चौंथो खेल कतार र पाचौं युएईसंग खेल्ने छ । खेलकहरु क्रमशः ४ र ६ सेप्टेम्बरमा युकेएम–वाइएसटी बांगी र सेलान्गोर टर्फ क्लब, क्वालालम्पुरमा आयोजना हुनेछ ।

प्रतियोगिताको दुबै समुहका शिर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल खेल सेप्टेम्बर ८ मा हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.