यी हुन् एसिया कपमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीहरु
काठमाडौंँ । एसीसी एसिया कप २०२३ अगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म आयोजना हुँदैछ । ५० ओभरको यो प्रतियोगिता एक दिवसीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइनेछ । पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा दुई समूह रहनेछन् र दुवै समूहबाट चार टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा कुल १३ खेल हुनेछन् । समूह 'ए' मा नेपाल, पाकिस्तान र भारत तथा समूह 'बी' मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । आज हामी तपाईंलाई एसिया कपमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीहरु बारेमा बताउँनेछौं ।
सनथ जयसूर्या : श्रीलङ्काका पूर्व कप्तान सनथ जयसूर्या तथा आर्क–ब्याट्सम्यान एसिया कपका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । उनले २५ म्याचको २४ इनिङमा कुल १ हजार २२० रन बनाएका छन् ।
कुमार संगकारा : श्रीलङ्काका पूर्व ब्याट्सम्यान तथा विकेटकिपर कुमार संगाकारा सर्वाधिक सफल खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले २४ म्याचको २३ इनिङमा १ हजार ७५ रन बनाएका छन् ।
सचिन तेन्दुलकर : मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाम पनि एसिया कपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समावेश छ । उनले २३ म्याचको २१ इनिङमा १ हजार ७५ रन बनाएका छन् । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने तेस्रो र पहिलो भारतीय खेलाडी हुन ।
शोएब मलिक : पाकिस्तानका पूर्वकप्तान शोएब मलिकले एसिया कपमा १७ खेल खेलेका छन् । उनले १५ इनिङमा कुल ७ सय ८६ रन बनाएका छन् । उनी एसिया कपको इतिहासमा पाकिस्तानका सबैभन्दा सफल ब्याट्सम्यान हुन् ।
रोहित शर्मा : भारतीय क्रिकेट टिमका वर्तमान कप्तान रोहित शर्माले एसिया कपमा २२ खेल खेलेका छन् । उनले २१ इनिङमा ७ सय ४५ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।

टिप्पणी लेख्नुहोस्