लेख विवरण

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन ।

सन् २००५ मा यू–१५ नेपाली टोलीको सदस्य रहेका मल्लले सन् २००६ मा चार दिवसीय प्रतियोगितामा नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा ८८३ रन बनाएका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिइएको थियो। तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्ल कप्तान बनेका थिए। उनले छोटो समय नेपाली टिमको कप्तानी गरेका हुन । ज्ञानेन्द्र मल्लको कप्तानी २०७८ मङ्सिर २९ गते खोसिएको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.