तमिम इकबालद्धारा कप्तानबाट राजीनामा, एसिया कपबाट पनि बाहिर
काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप २०२३ अगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ। क्रिकेटको महाकुम्भ भनिने यो प्रतियोगिताअघि बंगलादेश क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ । टोलीका कप्तान तमिम इकबालले यसअघि नै सन्यासको घोषणा गरेकोमा यु टर्न लिएपछि अहिले कप्तानबाट राजीनामा दिएका छन् । यति मात्र होइन, इकबाल २०२३ को एसिया कपबाट पनि बाहिरिएका छन् ।
इकबालले ढाडको चोटका कारण आगामी एसिया कप खेल्न पाउने छैनन् । उनले यसअघि ६ जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए तर प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि आफ्नो मन परिवर्तन गरेका थिए । उनको पछिल्लो निर्णयले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने मेगा इभेन्ट अगाडि बंगलादेशले नयाँ ओडीआई कप्तान पाउनेछ ।
अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपका लागि तमिम उपलब्ध नहुने भए पनि विश्वकप आउनुअघि सेप्टेम्बर २१ देखि घरेलु मैदानमा हुने न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि उनी फिट हुन चाहन्छन् ।

टिप्पणी लेख्नुहोस्