एन्डी फ्लावर रोयल च्यालेन्जर्स बैंगलोरको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौंँ । एन्डी फ्लावर रोयल च्यालेन्जर्स बैंगलोरको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । आईपीएल २०२३ मा बैंगलोरले गरेको निराशाजनक प्रदर्शन फेरि नदोहोरियोस् भन्ने चाहनाका कारण एन्डी नियुक्त गरिएको बुझिएको छ । एन्डीसंगको सम्झौताको अवधि सार्वजनिक गरिएको छैन।
फ्लावर यसअघि सीपीएलमा सेन्ट लुसिया किंग्सका लागि फाफ डुप्लेसीसँग मिलेर काम गरेका थिए।
फ्लावरले माइक हेसन र सञ्जय बांगरबाट यो जिम्मेवारी लिएका छन्, जो गत सिजनसम्म क्रमशः आरसीबीका क्रिकेट निर्देशक र मुख्य प्रशिक्षक थिए। ईएसपीएनक्रिकइन्फोका अनुसार जुलाईमा हेसन र बांगरको सम्झौता नवीकरण गरिएको थिएन।
We are beyond thrilled to welcome 𝗜𝗖𝗖 𝗛𝗮𝗹𝗹 𝗼𝗳 𝗙𝗮𝗺𝗲𝗿 and 𝗧𝟮𝟬 𝗪𝗼𝗿𝗹𝗱 𝗖𝘂𝗽 winning coach 𝐀𝐧𝐝𝐲 𝐅𝐥𝐨𝐰𝐞𝐫 as the 𝗛𝗲𝗮𝗱 𝗖𝗼𝗮𝗰𝗵 of RCB Men’s team. 🤩🙌
— Royal Challengers Bangalore (@RCBTweets) August 4, 2023
Andy’s experience of coaching IPL & T20 teams around the world, and leading his teams to titles… pic.twitter.com/WsMYGCkcYT

टिप्पणी लेख्नुहोस्