लेख विवरण

६ क्रिकेट खेलाडी विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

६ क्रिकेट खेलाडी विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ६ जना क्रिकेट खेलाडीलाई एक महिना विशेष प्रशिक्षण गर्न भारत पठाएको छ ।

क्यानले प्रशिक्षणका लागि कमलसिंह ऐरी, कमल खत्री, विनोद भण्डारी, लोकेश बम, सागर ढकाल र विवेक यादवलाई दिल्ली पठाएको जनाएको छ ।

यी ६ खेलाडीले भारतमा मुख्य प्रशिक्षक मोन्टी देसाईको निरिक्षणमा प्रदीप साहुसँग प्रशिक्षण लिने पनि क्यानले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.