रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिषलाई
काठमाडौं । रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष् फुयाँलले जितेका छन ।
नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको दुई दिने प्रतियोगिताको फाइनल चरणमा आशिषले काठमाडौँका १४ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरी खेले । ६.५ अङ्क बनाएका आशिषले उपाधिसँगै १० हजार रुपियाँ पुरस्कार पाए ।
६ अङ्कसहित दोस्रो भएका पुरुषोत्तमले सात हजार रुपियाँ पुरस्कार पाए । तेस्रो स्थानमा भएका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले पाँच हजार रुपियाँ पुरस्कार पाए ।
महिलातर्फको उपाधि काठमाडौँकी आरती छत्कुलीले जितिन । चार अङ्क बनाएकी उनले पुनम प्रसाईँलाई टाइब्रेकरको आधारमा पछि पारेकी हुन । प्रतियोगितामा ५८ जना खेलाडीको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्