भारतविरुद्धको टी–२० सिरिजका लागि आयरल्यान्ड टोली घोषणा
काठमाडौंँ । आयरल्यान्डले यही महिनाको अन्त्यमा हुने भारतविरुद्धको तीन खेलको टी–२० सिरिजका लागि शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेको छ । भारतविरुद्धको सिरिजमा अलराउन्डर फिओन ह्यान्ड र ग्यारेथ डेलानी टोलीमा फर्किएका छन् । वेस्ट इन्डिज भ्रमण सकिएपछि भारतीय टोली ३ खेल खेल्न आयरल्याण्ड जानेछ । टोलीले अहिले वेस्ट इन्डिजसँग ५ खेलको टी–२० सिरिज खेलिरहेको छ ।
भारत र आयरल्याण्डबीचको सिरिज १८ अगस्टबाट मलाहाइडमा सुरु हुनेछ । आयरल्याण्डको टोलीको नेतृत्व पल स्टर्लिङले गर्नेछन ।
आयरल्याण्ड क्रिकेटको वेबसाइटमा जारी गरिएको विज्ञप्ति अनुसार, टोलीका अधिकांश खेलाडीहरू गत हप्ता सम्पन्न आईसीसी पुरुष टी-२० विश्वकपका लागि सफलतापूर्वक छनोट भएको टोलीका सदस्यहरु रहेका छन । टोलीका चयनकर्ताहरूले लिन्स्टर लाइटनिङ अलराउन्डर फिओन ह्यान्डलाई फिर्ता बोलाएका छन् भने ग्यारेथ डेलानी नाडीको चोटबाट फर्किएका छन्। जुनमा भएको जिम्बाब्वे भ्रमणका क्रममा डेलानीलाई चोट लागेको थियो ।
आयरल्यान्डको टोली : पल स्टर्लिङ (कप्तान), एन्ड्रयू बालबर्नी, मार्क एडेयर, रस एडेयर, कर्टिस क्याम्पर, ग्यारेथ डेलानी, जर्ज डकरेल, फिओन ह्यान्ड, जोस लिटल, ब्यारी म्याकार्थी, ह्यारी टेक्टर, लोर्कन टकर, थियो भान वोरकोम, बेनव्हाइट र क्रेग यंग।

टिप्पणी लेख्नुहोस्