पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट फुटबल खेलाडीको मृत्यु (भिडीयो)
काठमाडौंँ । कोस्टारिकाका फुटबलर जेसस अल्बर्टो लोपेज ओर्टिज शनिबार नदीमा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।
कोस्टारिकाको गुआनाकास्ट प्रान्तको रियो क्यानासमा २९ वर्षीय फुटबलर नदीमा पौडी खेलिरहेको बेलमा गोहीले आक्रमण गरेको द सनले खुलासा गरेको छ ।
अल्बर्टो मृत शरीरलाई छुटाउन स्थानीय प्रहरीले गोहीलाई गोली हानेको बताइएको छ। गोहीलाई त्यतिबेला गोली नहानेको भए उसले शव कतै लुकाएर राख्न सक्ने प्रहरीले बताएको छ ।
सामाजिक सञ्जालमा अहिले यो घटनाका भिडियो र तस्बिर भाइरल भइरहेका छन् । तस्विरमा एउटा ठूलो गोही मुखमा मानिसको शरीर लिएर पानीमा पौडी खेलिरहेको देख्न सकिन्छ । अर्को भिडियोमा स्थानीयहरूले शव किनारमा ल्याउनुअघि गोहीलाई गोली हानेको देखाइएको छ।
भिडीयो :

टिप्पणी लेख्नुहोस्