लेख विवरण

विश्वकपमा सहभागी हुन पाकिस्तान तयार

विश्वकपमा सहभागी हुन पाकिस्तान तयार

काठमाडौंँ । भारतमा हुने एकदिवसीय विश्वकपमा आफ्नो टोली पठाउन पाकिस्तान सरकार तयार भएको छ । योसँगै बाबर आजमको टोलीले पाकिस्तान सरकारबाट भारतमा विश्वकप खेल्ने अनुमति पाएको छ ।

पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिसँग मिसाउन नचाहेको बताउदै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । विश्वकपका लागि आफ्नो टोली भारत पठाउने निर्णयमा पाकिस्तान सरकारले खेलकुद र राजनीतिलाई सधैँ अलग राखेको बताएको छ । भारतसँगको हाम्रो राजनीतिक सम्बन्धले खेललाई असर नहोस् भन्ने हामी चाहन्छौं। पाकिस्तानले आफ्नो निर्णय जिम्मेवार र सकारात्मक भएपनि भारत आफ्नो जिद्दी रवैयामा अडिग रहेको बताएको छ । भारतले एसिया कप खेल्न पाकिस्तान आउनुपर्थ्यो तर त्यसो गरेन । तर, पाकिस्तान सरकारले भारतमा आफ्ना खेलाडीको सुरक्षा व्यवस्थालाई लिएर चिन्ता व्यक्त गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तान सरकारले भारतमा आफ्नो खेलाडीको सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ । यस बिषयमा पाकिस्तानले आईसीसीलाई पनि जानकारी गराएको छ। यसका साथै यस विषयमा भारतीय सम्बन्धित निकायसँग पनि कुरा गरेको छ। पाकिस्तानी क्रिकेट टोलीले भारतमा पूर्ण सुरक्षा पाउने सरकारले आशा गरेको छ।

सन् २०२३ को विश्वकप भारतीय भूमिमा आयोजना हुने भएको छ । प्रतियोगिताको पहिलो खेल अक्टोबर ५ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। त्यस्तै, नोभेम्बर १४ मा भारत र पाकिस्तानको टोली नरेन्द्र मोदी स्टेडियममा आमनेसामने हुनेछन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.