लेख विवरण

एशिया कपका खेलहरूको समय तालिका सार्वजनिक

एशिया कपका खेलहरूको समय तालिका सार्वजनिक

काठमाडौंँ । एशिया कप २०२३ अगस्ट ३० बाट सुरु हुँदैछ । केही समयअघि एसियाली क्रिकेट काउन्सिलले प्रतियोगिताको तालिका सार्वजनिक गरेको थियो । एसिया कपमा कूल १३ खेल खेलिने छन् । यस पटकको एसिया कप एकदिवसीय (५० ओभर) ढाँचामा खेलाइनेछ । यससँगै प्रतियोगिताका सबै खेलहरुको समय तालिका पनि सार्वजनिक भएको छ । प्रतियोगिताका खेलहरु नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित ६ टोलीको सहभागिता रहनेछ । सबै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र साविक विजेता श्रीलंका रहेका छन् । प्रतियोगिता समूह चरण र सुपर–४ चरण गरी दुई चरणमा खेलाइने छ ।

दुई देशले आयोजना गर्न लागेको प्रतियोगिताको ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछ । पाकिस्तानका खेलहरू लाहोर र मुल्तानमा हुनेछन्। भने श्रीलंकामा क्यान्डी र कोलम्बोमा खेलहरु हुनेछन् । प्रतियोगिताको पहिलो खेल नेपाल र पाकिस्तानबीच लाहोरमा हुनेछ भने फाइनल खेल सेप्टेम्बर १७ मा श्रीलंकाको कोलम्बोमा हुनेछ ।

एशिया कपको समय र तालिका :

अगस्ट ३० : नेपाल विरुद्ध पाकिस्तान, दिउँसो ३ः१५ बजे मुल्तान (समूह चरण)
अगस्ट ३१ : बंगलादेश विरुद्ध श्रीलंका, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर २ : पाकिस्तान विरुद्ध भारत, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर ३ : बंगलादेश विरुद्ध अफगानिस्तान, दिउँसो ३ः१५ बजे लाहोर (समूह चरण)
सेप्टेम्बर ४ : नेपाल विरुद्ध भारत, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर ५ : अफगानिस्तान विरुद्ध श्रीलंका, दिउँसो ३ः१५ बजे लाहोर (समूह चरण)
सेप्टेम्बर ६ : A1 विरुद्ध B2, दिउँसो ३ः१५ बजे लाहोर (सुपर फोर)
सेप्टेम्बर ९ : B1 विरुद्ध B2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १० : A1 विरुद्ध A2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १२ : A2 विरुद्ध B1, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १४ : A1 विरुद्ध B1, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १५ : A2 विरुद्ध B2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १७ : फाइनल, दिउँसो ३ः१५ बजे कोलम्बो

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.