एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा
काठमाडौंँ । भारतमा अक्टोबर ५ देखि सुरु हुने एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाले १८ सदस्यीय सम्भावित टोली घोषणा गरेको छ । टोलीले दक्षिण अफ्रिका र भारतविरुद्ध एकदिवसीय शृंखला पनि खेल्नेछ । घोषणा गरिएको प्रारम्भिक टोलीमा स्टार ब्याट्सम्यान मार्नस लाबुसचेनले स्थान बनाउन सकेनन । लेग स्पिनर तनवीर संघाले टोलीमा स्थान बनाउन सफल भएका छन् ।
अष्ट्रेलियाले एकदिवसीय विश्वकप सुरु हुनुअघि दक्षिण अफ्रिका र भारतसँग सिरिज खेल्नेछ । योसँगै अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको टी–२० सिरिजका लागि पनि टोलीको घोषणा गरेको छ, जसमा मिचेल मार्सलाई टोलीको नयाँ कप्तान बनाएको छ । नियमित कप्तान प्याट कमिन्स चोटका कारण टोलीबाट बाहिरिएपछि मिचेल मार्सले कप्तानको जिम्मेवारी पाएका हुन ।
अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणको सुरुवात ३ खेलको टी–२० सिरिजबाट गर्ने भएको छ । त्यसपछि टोलीले ५ खेलको एकदिवसीय सिरिज खेल्नेछ जुन सेप्टेम्बर ७ बाट सुरु हुनेछ । ग्लेन म्याक्सवेल दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय शृंखलाको क्रममा टोलीमा रहने छैनन् ।
अष्ट्रेलियाको सम्भावित १८ सदस्यीय टोली : डेभिड वार्नर, ट्राभिस हेड, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोस इंग्लिश, एलेक्स केरी, मार्कस स्टोइनिस, मिचेल मार्स, क्यामरन ग्रीन, आरोन हार्डी, शन एबोट, एस्टन आगर, एडम जाम्पा, तनवीर सांगा, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, जोश हेजलवुड र नाथन एलिस।

टिप्पणी लेख्नुहोस्