एशिया कप २०२३ लाइभ : कहिले, कहाँ र कसरी हेर्न ?
काठमाडौंँ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप २०२३ को खेल तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगिताको पहिलो खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको मुल्तानमा सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत लिग चरणको दोस्रो खेल नेपालले रोहित शर्माको कप्तानीमा रहेको भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल सेप्टेम्बर ४ मा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे श्रीलंकाको क्यान्डीमा सुरु हुनेछ ।
एशिया कप २०२३ को खेल नेपाली फ्यानहरूले स्टार स्पोर्ट्स नेटवर्कमा लाइभ हेर्न सक्नेछन्। यस बाहेक डिज्नी प्लस हटस्टारमा पनि लाइभ हेर्न सकिनेछ।
प्रतियोगिताको खेलहरु डीडी स्पोर्ट्समा पनि प्रत्यक्ष हेर्न सकिनेछ। एसिया कपका खेलहरूको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कसँग छ। यसरी, स्टार स्पोर्ट्स नेटवर्क बाहेक, नेपाली फ्यानहरूले डीडी स्पोर्ट्स र डिज्नी प्लस हटस्टारमा पनि लाइभ हेर्न पाउने छन।
एशिया कपको समय र तालिका :
अगस्ट ३० : नेपाल विरुद्ध पाकिस्तान, दिउँसो ३ः१५ बजे मुल्तान (समूह चरण)
अगस्ट ३१ : बंगलादेश विरुद्ध श्रीलंका, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर २ : पाकिस्तान विरुद्ध भारत, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर ३ : बंगलादेश विरुद्ध अफगानिस्तान, दिउँसो ३ः१५ बजे लाहोर (समूह चरण)
सेप्टेम्बर ४ : नेपाल विरुद्ध भारत, दिउँसो ३ः१५ बजे क्यान्डी (समूह चरण)
सेप्टेम्बर ५ : अफगानिस्तान विरुद्ध श्रीलंका, दिउँसो ३ः१५ बजे लाहोर (समूह चरण)
सेप्टेम्बर ६ : A1 विरुद्ध B2, दिउँसो ३ः१५ बजे लाहोर (सुपर फोर)
सेप्टेम्बर ९ : B1 विरुद्ध B2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १० : A1 विरुद्ध A2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १२ : A2 विरुद्ध B1, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १४ : A1 विरुद्ध B1, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १५ : A2 विरुद्ध B2, दिउँसो ३ः१५ बजे कोलम्बो (सुपर फोर)
सेप्टेम्बर १७ : फाइनल, दिउँसो ३ः१५ बजे कोलम्बो

टिप्पणी लेख्नुहोस्