भेनस विलियम्स मोन्ट्रियल टेनिस प्रतियोगिताको पहिलो चरणबाटै बाहिर
मोन्ट्रियल। भेनस विलियम्स नेशनल बैंक ओपन मोन्ट्रियल टेनिस प्रतियोगिताको पहिलो चरणमा हम वतन म्याडिसन किजसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएकी छन् ।कीजले ७ पटकको ग्राण्डस्लाम च्याम्पियन ४३ वर्षीय भेनसलाई ६-२, ७-५ ले पराजित गरिन्। भेनस विरुद्ध कीजको यो चौथो जित हो।
खेलमा कीजले पहिलो सेटमा दुई पटक भेनसलाई पछि पार्दै दोस्रो सेटमा दुई ब्रेक पोइन्ट लिएकी थिइन् । उनले अब इटालीकी जास्मिन पाओलिनीसँग प्रतिस्पर्धा गर्नेछिन् ।अर्को खेलमा चेक गणतन्त्रकी कारोलिना पिलिस्कोभाले चीनकी लिन झुलाई ६-३, ६-७(८), ६-२ ले पराजित गरिन् ।

टिप्पणी लेख्नुहोस्