लेख विवरण

पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अरहन्त, दीपक र अमिर सेमिफाइनलमा

पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अरहन्त, दीपक र अमिर सेमिफाइनलमा

काठमाडौं । उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा, दीपक थापा र अमिर ब्लोन मङ्गलबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।

पूर्व विजेता अरहन्तले क्वाटफाइनलमा निशान्त अग्रवाललाई ११–४, ११–४, ११–४ ले सजिलै हराए । अन्य खेलमा दीपकले दिव्यराज वज्राचार्यलाई ११–९, ९–११, ११–९, ११–० ले तथा अमिरले रेसुब चुरवाललाई ९–११, ११–४, ११–७, ११–६ ले पराजित गरे । अन्तिम क्वाटरफाइनल अन्तर्गत राजेन्द्र शाक्य र उमित शाक्यबीचको खेल बुधबार हुनेछ ।

यसैगरी, मास्टर्स (प्लस ५०) मा प्रज्वलप्रकाश प्रधानले दिलीप नरसिंह अधिकारीलाई सोझो सेटमा ११–४, ११–३, ११–७ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

अन्य क्वाटरफाइनल खेलमा सुदीपबहादुर सिंहले मनोजबहादुर श्रेष्ठलाई ११–५, ११–६, ११–२, प्रवीणवीर सिंह कंसाकारले किशोर महर्जनलाई ११–६, ११–७, ११–२ तथा धीर पुनले प्रमोद श्रेष्ठलाई ११–७, ११–२, १०–१२ र ११–४ ले हराएर अन्तिम चारमा आआफ्नो स्थान सुरक्षित गरे ।

नेपाल स्क्वास याकेट्स सङ्घ (एनएसआरए)को आयोजनामा भइरहेको प्रतियोगिता साउन २७ गते सकिनेछ । घरेलु स्क्वासको सबभन्दा ठूलो मानिएको यस प्रतियोगिता सङ्घका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामकरण गरिएको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.