लेख विवरण

कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं । कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

कोलम्बियाको जितमा कप्तान क्याटलिन उस्मेले निर्णायक गोल गरिन । उनले ५१औं मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । क्वार्टरफाइनलमा कोलम्बियाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

इङ्ल्यान्डले प्रिक्वार्टरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.