लेख विवरण

मजगैयाँ क्रिकेट सङ्घ दाङको अध्यक्षमा निर्वाचित

मजगैयाँ क्रिकेट सङ्घ दाङको अध्यक्षमा निर्वाचित

काठमाडौंँ । जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ निर्वाचित भएका छन ।

घोराहीमा सोमबार भएको चौथो जिल्ला अधिवेशनले मजगैयाँलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले मजगैयाँ अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

सङ्घको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी ‘पुरन’ र कोषाध्यक्षमा बालकृष्ण खत्री निर्वाचित भएका छन । सदस्यहरुमामा किशोरचन्द्र गौतम, कैलाश रोकामगर, अनु केसी, केशव झाँक्री मगर, प्रविन बुढामगर, रुपेश शर्मा, विकास आचार्य, सन्जोग गिरी र सन्दीप घर्ती निर्वाचित भएका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.