भारोत्तोलनमा पदक जित्न सफल खेलाडीलाई सदस्य–सचिवको बधाई
काठमाडौंँ । भारतको नोयडामा सम्पन्न एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ३ कांस्य पदक जित्न सफल भएका हेमन्त पाललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बधाई दिएका छन ।
कांस्य विजेतासहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्मा भेट गरी सदस्य–सचिव घिसिङले सफलताका लागि बधाइ दिएका हुन ।
सो अवसरमा सदस्य–सचिव घिसिङले हरेक संघले जुनियर प्रतियोगितामा विशेष जोड दिनु पर्ने बताए ।

टिप्पणी लेख्नुहोस्