लेख विवरण

तेस्रो टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

तेस्रो टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

काठमाडौंँ । तेस्रो टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । जितका लागि १६० रनको लक्ष्य पाएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउदै १६४ रन बनाएर खेल जित्यो । योसँगै ५ खेलको टी–२० सिरिज २–१ मा पुगेको छ । भारतको जितमा सूर्यकुमार यादवले ४४ बलमा ८३ रनको इनिङ खेले । उनले आफ्नो पारीमा १० चौका र ४ छक्का प्रहार गरे । यसबाहेक तिलक वर्माले ३७ बलमा ४९ रनको योगदान दिए ।

वेस्ट इन्डिजको १५९ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । ६ रनको स्कोरमा टोलीलाई पहिलो झटका लागेको थियो । भारतका लागि डेब्यु खेल खेलेका यशस्वी जैसवालले २ बलमा १ रन बनाउदै आउट भए । सोही क्रममा शुभमन गिल ११ बलमा ६ रन बनाएर पेभेलियन फर्किए । ३४ रनमा २ विकेट गुमाएर संघर्षरत रहेको भारतीय टोलीलाई सूर्यकुमार यादव र तिलक वर्माले उत्कृष्ट साझेदारी गर्दै संकटबाट बाहिर निकालेका थिए । सूर्यकुमार यादव र तिलक वर्माबीच तेस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक २ विकेट लिए । ओबेद म्याकोयले १ सफलता प्राप्त गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । टोलीका लागि ब्रेन्डन किङले ४२ बलमा सर्वाधिक ४२ रन बनाए । यसबाहेक रोभम्यान पावेलले १९ बलमा ४० रनको धमाकेदार इनिङ खेले। भारतका लागि कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए । भने अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.