लेख विवरण

अन्तरविद्यालय बास्केटबल : ग्रिनफिल्ड र सेबको जित

अन्तरविद्यालय बास्केटबल : ग्रिनफिल्ड र सेबको जित

काठमाडौंँ । सेब र आयोजक ग्रिनफिल्ड नेसनल स्कुल ‘ए’ ले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले ओरेकल रेलाई २९–८ ले पराजित ग¥यो । ग्रिनफिल्ड ‘ए’ का अर्जुन बस्नेतले १३ स्कोर गरे । सेबले राइजिङ स्टारलाई ३५–१७ ले हरायो । सेबका विप्लप गुरुङले १३ अंक जोडे ।

सिनियर ब्वाइजमै पुष्पसदनले हार्टल्यान्डलाई २८–१६, सिद्धार्थ बनस्थलीले साइ निलायमलाई २१–२०, रेडियन्ट पब्लिकले ग्रिनफिल्ड ‘बी’ लाई ४४–२८, एनआईसी एकेडेमीले एस्फोडेललाई ३१–१७ र नेपालयले ग्रिनफिल्ड ‘सी’ लाई १९–१६ ले पाखा लगाए । पुष्पसदनका लुकिस महर्जनले १७, सिद्धार्थ बनस्थलीका साइरस राणाले ७, रेडियन्टका सुशान्त न्यौपानेले ११, एनआईसीका युसन थापा मगरले १७ र नेपालयका विजेन थापा मगरले १० स्कोर गरे ।

सिनियर गर्ल्समा साइ निलायमले महामञ्जुश्रीलाई १७–१४ ले पाखा लगायो । विजयी टिमका लागि दिपिशा थापाले ९ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा सेबले ओरेकललाई १६–९, ग्रिनफिल्ड ‘ए’ ले साइ निलायमलाई २८–१२ र महामञ्जुश्रीले रेडियन्ट पब्लिकलाई २४–९ ले पन्छाए । सेबका विपन सुनारले ६, ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले ८ र महामञ्जुश्रीका अभिषेक पौडेलले ६ अंक जोडे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.