राखेपअन्तर्गत विभिन्न शाखाका प्रमुखबीच कार्य सम्पादन सम्झौता
काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल र राखेपअन्तर्गत विभिन्न शाखाका प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ ।
प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल तथा कर्मचारी प्रशासन शाखाका प्रमुख अनन्तादेवी खनाल, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, कानून शाखाका प्रमुख नारायणराज अर्याल, आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा र सामान्य प्रशासन शाखाका प्रमुख शारदा निरौलाबीच १ वर्षसम्म तोकिएका कार्य सम्पादन गर्ने गरी सम्झौता भएको हो ।
यसअघि राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र विभिन्न विभागका प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको थियो ।

टिप्पणी लेख्नुहोस्