सन्यास फिर्ता लिएर एकदिवसीय क्रिकेटमा फर्किए स्टोक्स, आर्चर टोली बाहिर
काठमाडौंँ । इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर विश्वकप टोली छनोटको दौडबाट बाहिरिएका छन् । उनले फिटनेस आफुलाई प्रमाणित गर्न सकेनन्, यद्यपि उनी रिजर्भ खेलाडीको रूपमा अगामी विश्वकपमा सहभागिता जनाउने छन ।
चार वर्षअघि भएको विश्वकपमा आर्चर इंग्ल्याण्डका लागि सर्वाधिक विकेट लिने खेलाडी थिए । कुहिनोको चोटका कारण समस्यामा परेका उनी यस वर्षको आईपीएलका केही खेलपछि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । उनले पछिल्लो पटक मार्चमा इंग्ल्याण्डका लागि खेलेका थिए ।
अर्कोतर्फ सन् २०१९ को विश्वकप जितका नायक इंग्ल्याण्डका टेष्ट कप्तान बेन स्टोक्सलाई एकदिवसीय टोलीमा ल्याइएको छ । उनी सन्यासबाट फर्केर आगामी न्यूजिल्याण्ड सिरिजमा सहभागी हुनेछन् । ३२ वर्षीय स्टोक्सले गत वर्ष मात्रै एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए ।

टिप्पणी लेख्नुहोस्