लेख विवरण

ग्रिनफिल्ड कप : रेडियन्टलाई दोहोरो सफलता

ग्रिनफिल्ड कप : रेडियन्टलाई दोहोरो सफलता

काठमाडौं । रेडियन्ट पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो सफलता पाएको छ । रेडियन्ट सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भयो ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा रेडिअन्टले राइजिङ स्टारलाई ३५–१२ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र क्षेत्रीले ८ अंक योगदान गरे । सिनियर गर्ल्समा दिब्यान्शा कर्कीको २० अंक सहयोगमा रेडियन्टले पिपुल्स एकेडेमीलाई ३०–११ ले हरायो ।

सिनियर ब्वाइजमा द एक्सेल्सियर स्कुलले एनआईसी एकेडेमीलाई २८–२७, हेम्सले स्वर्णिमलाई २७–२५, ब्राइट होराइजनले एस्फोडेललाई ४६–१८, नेरिक एकेडेमीले एलआरआई ४०–१४ र ग्रिनल्यान्डले काठमाडौं भ्याली, छाउनीलाई ४२–१२ ले पाखा लगाए । एक्सेल्सियरका रुसिप मुनिकारले १५, हेम्सका हेमन्त राजवंशीले १०, ब्राइट होराइजनका ज्योतिष शाहीले १२, नेरिकका सुशल खत्रीले १९ र ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ स्कोर गरे ।

सिनियर गर्ल्समा काष्ठमण्डपले एलआरआईलाई २९–१३, ब्राइट होराइजनले स्वर्णिमलाई १७–११ र न्यु जेनिथले हेम्सलाई २७–१४ ले पन्छाए । काष्ठमण्डपकी रिया राईले १७, ब्राइट होराइजनकी कविता लामाले ५ र न्यु जेनिथकी राइशा सिंहले १३ अंक जोडे ।

जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले काठमाडौं भ्याली, छाउनीमाथि १२–४ को जित दर्ता ग¥यो । विजेताका सन्दिप गुरुङले ४ अंक बटुले ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.