नेसनल प्लेस टेनिस कोर्स सुरु
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ नेसनल प्ले टेनिस कोर्स बुधबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
कोर्समा १५ जनाको सहभागिता रहेको आयोजक टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
उनीहरुलाई शरद लामा, राजकुमार लामा र छेवाङ लामाले चारदिनसम्म प्रशिक्षण दिने छन् ।

टिप्पणी लेख्नुहोस्