लेख विवरण

पर्सा क्रिकेट संघको अध्यक्षमा सिंह सर्वसम्मत

पर्सा क्रिकेट संघको अध्यक्षमा सिंह सर्वसम्मत

वीरगन्ज । पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा १५ सदस्यिय संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्यामबाबु गुप्ता र कोषाध्यक्षमा जयप्रकाश सर्राफ चयन भएका छन् ।

त्यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महम्मद दाउद अन्सारी, हिरालाल राउत, मुसर्रफ इजहार, बासुदेव लाल कर्ण, बाबुजान अन्सारी, कलामुदिन अन्सारी, नारायण पटेल, नासिर खान, नेहाल अहमद र राजिव श्रेष्ठपनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जनाएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.