लेख विवरण

एसए–२० लिगको दोस्रो सिजन जनवरीमा

एसए–२० लिगको दोस्रो सिजन जनवरीमा

काठमाडौंँ । एसए–२० लिगको दोस्रो सिजन २०२४ जनवरी १० देखी सुरु हुने भएको छ । प्रतियोगिताको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स इस्टर्न केपले जोबर्ग सुपर किंग्स (जेएसके) सँग प्रतिस्पर्धा गर्नेछ। आयोजकले मंगलबार प्रतियोगिताको तालिका सार्वजनिक गर्दै यस बिषयमा जानकारी दिएको हो ।

एसए–२० लिगमा दक्षिण अफ्रिकाका उत्कृष्ट प्रतिभा र विश्वका शीर्ष क्रिकेटरले देशका ६ स्थानमा ३४ खेल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १० हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.