लेख विवरण

अन्तर्राष्ट्रिय क्रिकेटबाट वाहब रियाजको सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट वाहब रियाजको सन्यास

काठमाडौंँ । पाकिस्तानी टोलीका बायाँ हाते फास्ट बलर वहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले ट्वीट गरेर यो जानकारी दिएका हुन् । ३८ वर्षीय वाहाबले आफू अझै पनि विश्वभरका टी–२० लिग खेल्न जारी राख्ने बताएका छन । उनले पाकिस्तानका लागि ९१ एकदिवसीय, २७ टेस्ट र ३६ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्दा उनले पछिल्लो पटक सन् २०२० मा न्युजिल्यान्डविरुद्ध टी–२० खेल खेलेका थिए । हालै पाकिस्तान बोर्डले एसिया कप २०२३ का लागि टोली घोषणा गरेको थियो, जसमा वहाबको नाम समावेश गरिएको थिएन।

वाहबले सन् २००८ मा पाकिस्तानका लागि डेब्यु गरेका थिए । उनले टेस्टमा ८३, एकदिवसीयमा १२० र टी(२० मा ३४ विकेट लिएका छन्। वाहबले अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार २ सय रन बनाएका छन्। उनले कुल २ सय ३७ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.