लेख विवरण

वार्षिक १५ करोड डलरमा नेमारले गरे साउदी क्लबसँग सम्झौता, घर र निजी जेट पनि पाउने

वार्षिक १५ करोड डलरमा नेमारले गरे साउदी क्लबसँग सम्झौता, घर र निजी जेट पनि पाउने

काठमाडौंँ । ब्राजिलका स्टार फुटबलर नेयमार अब साउदी प्रो लिग फुटबल खेल्ने भएका छन् । साउदी क्लब अल हिलालले नेमारका लागि फ्रान्सेली क्लब पीएसजीसँग ९८ मिलियन डलरमा ट्रान्सफर सम्झौता गरेको छ । साउदी क्लबले नेमारका लागि यो रकम पीएसजीलाई दिनेछ । साथै नेयमारले पाउने वार्षिक तलब भने फरक रहेको छ ।

उनले दुई वर्षसम्म करिब ३० करोड डलर तलब पाउनेछन् । अर्थात् उनको वार्षिक तलब १५ करोड डलर हुनेछ। दुई वर्षपछि नेयमार क्लब छाड्न स्वतन्त्र हुनेछन् । यद्यपि दुबै पक्षले चाहेको खण्डमा सम्झौतालाई अझ विस्तार गर्न सक्छन्।

यति मात्र नभएर नेयमारलाई तलबबाहेक थप सुविधा पनि दिइँने भएको छ । उनले साउदी अरबमा निजी जेट र निजी घरको सुविधा पनि पाउनेछन्। यसका साथै नेयमारले अल हिलालको प्रत्येक जित वापत करिब ७२ लाख रुपैयाँ बोनस पनि पाउनेछन् । सामाजिक सञ्जालमा साउदी अरेबियाको प्रचार गरेबापत उनले प्रत्येक पोस्टका लागि करिब ४.५ करोड रुपैयाँ पनि पाउनेछन् ।

नेयमारले सन् २०१७ मा पीएसजीसँग करिब २००० करोडमा सम्झौता गरेका थिए । उनी ६ वर्षसम्म क्लबसँग आवद्ध रहे । ३१ वर्षीय नेयमारले क्लबका लागि १७३ खेलमा ११८ गोल गरेका छन् ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.