लेख विवरण

लंका प्रिमियर लिग : गाले टाइटन्सले कोलम्बो स्ट्राइकर्सलाई हरायो

लंका प्रिमियर लिग : गाले टाइटन्सले कोलम्बो स्ट्राइकर्सलाई हरायो

काठमाडौंँ । लंका प्रिमियर लिग २०२३ को २०औं खेलमा तबरेज शम्सीको उत्कृष्ट बलिङको मद्दतमा गाले टाइटन्सले कोलम्बो स्ट्राइकर्सलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलम्बो स्ट्राइकर्स १५.४ ओभरमा ७४ रनमा अलआउट भएको थियो । टोलीका लागि नुवानिदु फर्नान्डो र लाहिरु उदाराले सर्वाधिक १४–१४ रन बनाए । गालेका लागि तबरेज शम्सीले सर्वाधिक ४ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा गाले टाइटन्सको टोलीले ८.३ ओभरमा २ विकेट गुमाउदै ७५ रन बनाएर खेल जित्यो । टोलीका तर्फबाट लसिथ क्रुस्पुलेले सर्वाधिक ४२ रन बनाए । कोलम्बोका लागि जेफ्री भान्डरसे र इफ्तिखार अहमदले एक–एक विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.