लेख विवरण

क्यानको नेतृत्वमा आउने पारसको संकेत, केही दिनपछि अनाउन्स गर्ने (भिडीयो)

क्यानको नेतृत्वमा आउने पारसको संकेत, केही दिनपछि अनाउन्स गर्ने (भिडीयो)

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मैदान बाहिर खेल्न सहज नभएको बताएका छन्।

काठमाडौँ जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले मंगलबार दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ। उक्त समितिको सदस्यमा चयन गरेपछि सञ्चारकर्मीसँग प्रतिकृया दिँदै पारसले खेल्दा आफ्नो स्किल र मिहिनेतमा डिपेन्ड भएर खेल्दा सहज भएपनि मैदान बाहिर (राजनीतिसँग खेल्दा) असहज महसुस भएको बताएका हुन्।

“खेल्दाखेरी डिपेन्ड हुन्थ्यो, आफ्नो स्किल र मिहिनेतमा। तर, यहाँ सबैसँग सहकार्य र समन्वय गर्नुपर्ने भएको कारण सिक्दै छु, पदाधिकारी हुन त्यति सजिलो चाहिँ छैन,” उनले भने।

क्रिकेट व्यवस्थित गर्न आफूले मात्रै गरेन नहुने उनले बताए। त्यसैले मैदानमा टिमले साथ दिएझै मैदान बाहिर पनि पदाधिकारीको साथ सहयोग चाहिएको उनले बताए। “मैले बारम्बार भनेको छु, म टिम स्पोर्ट्स खेलेर आएको व्यक्ति हुँ। उक्त टिम स्पोर्ट्समा आफ्नो व्यक्तिगत भूमिका जतिसक्दो इमन्दारीपूर्वक डटेर, आफूमाथि विश्वास राखेर पुस गरेको हुँ। जसरी होस् नेपाली क्रिकेटलाई अगाडी बढाउनुपर्छ टिमलाई जिताउनपर्छ भनेर। त्यसमा जसरी टिम मेट्सले मैदानमा साथ सहयोग दिएका थिए त्यसरी जतिपनि पदाधिकारी हुनुहुन्छ उहाँहरूबाट सहयोगको त्यसरी नै अपेक्षा गरेको छु,” उनले भने।

पारसले क्यान नेतृत्वमा आउन करिब दुई वर्ष अगाडी सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए। उनको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपल्ट आईसीसी टी२० विश्वकप खेलेको थियो। यस्तै, नेपालले डिभिजन ५ देखि १ सम्मको यात्रा तय गरेको थियो भने सन् २०१८ मा ओडीआई मान्यता पाएको थियो। पारसले आफू क्रिकेट राजनीतिमा आउँदैमा आजको भोलि जादूमय परिवर्तन नआउने पनि प्रतिकृया दिए। नेपालको क्रिकेट संरचना सुधार्न सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने उनले बताए।

“म क्रिकेट संघमा आउँदैमा आजको भोलि जादूमय परिवर्तन एक दिनमा छैन। साच्चिकै नेपाली क्रिकेटलाई टेस्ट मान्यतासम्म पुर्‍याउने हो भने एकले अर्कालाई विश्वास गर्नुपर्‍यो। पदाधिकारी पदमा मात्रै पुगेर भएर काम गर्नुपर्‍यो। जतिपनि जिल्ला र प्रदेशका दाइभाइ, साथीभाइ हुनुहुन्छ आजको दिनबाट मिलेर अगाडी बढन एकअर्कालाई सहयोग गर्नुपर्‍यो,” उनले भने।

उनले नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा आउने संकेत पनि गरेका छन्। यसबारे आफूले केही दिनपछि अनाउन्स गर्ने उनले बताए। योभन्दा राम्रो संरचनामा काम गर्ने मौका खोजिरहेको सुनाए।

“साच्चिकै भन्दा नेपाली क्रिकेटको संरचना हेर्दा एक पाइला पनि अगाडी बढेको छैन। एकएक पाइला लिएर अगाडी हिँड्दा सबै पदाधिकरीलाई जोड्ने भूमिका निर्वाह गर्ने छु,” उनले टुङ्गाए।

काठमाडौँ जिल्लाको सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन्।

यस्तै, उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत निर्वाचित भएका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.