म्यानचेस्टर सिटीले पहिलो पटक जित्यो युइएफए सुपर कपको उपाधि
काठमाडौंँ । च्याम्पियन्स लिग २०२३ को च्याम्पियन म्यानचेस्टर सिटीले युरोपा लिग च्याम्पियन सेभिल्लालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको छ ।
एथेन्सको कारासाकिस रंगशालामा भएको फाइनल खेलको नतिजा पेनाल्टी सुटआउटमा आएको थियो ।
खेल पूर्ण समयसम्म १–१ गोलको बराबरीमा रह्यो ।
सेभिल्लालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै म्यानचेस्टर सिटीले सुपर कपको उपाधि जितेको हो ।

टिप्पणी लेख्नुहोस्