लेख विवरण

सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित

सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितको आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको हो ।

पीडित किशोरीको आमाको जन्ममिति दुईवटा भएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र बहस हुने आदेश सुनाएको छ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेशी चढे पनि स्थगित भएका थिए ।

सन्दीप विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । सन्दीप फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.