लेख विवरण

एएफसी कपको यात्राबाट बाहिरियो मच्छिन्द्र

एएफसी कपको यात्राबाट बाहिरियो मच्छिन्द्र

काठमाडौं । नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको एएफसी कपको यात्रा दोस्रो चरणमा सकिएको छ ।

कोलकातास्थित साल्ट लेक रंगशालामा बुधबार राति भएको खेलमा भारतको शीर्ष डिभिजन क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भएसँगै मच्छिन्द्रको यात्रा सकिएको हो । मोहन बगानको जितमा अन्बर अलीले ३९औं र ८६औं मिनेटमा दुई गोल गरे ।

अर्को गोल जेसन कमिंग्सले ५९औं मिनेटमा गरेका थिए । मछिन्द्रका लागि मोसुके ओलोमोउले ७८औं मिनेटमा सान्त्वना गोल फर्काए । मच्छिन्द्रले सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेताको रुपमा एएफसी कप खेलेको हो ।

यसअघि घरेलु मैदानमा भएको प्रारम्भिक खेलमा मच्छिन्द्रले भुटानको लिग च्याम्पियन पारो एएफसीलाई ३–२ गोलले हराएको थियो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो ।

मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो । विजेता मोहन बगानले अब अर्को चरणमा बंगलादेशी क्लब अवाहानी लिमिटेड एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.