सेभेन स्टार क्लबको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित
इटहरी । सेभेन स्टार क्लबको अध्यक्षमा नवराज पौडेल निर्विरोध निर्वाचित भएका छन् । इटहरीमा सम्पन्न क्लबको बार्षिक साधारण सभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ । क्लबको उपाध्यक्षमा चेतबहादुर थापा चयन भएका छन । त्यस्तै सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा तुलसीराम खनाल चयन भएका छन् ।
सदस्यहरुमा रुपेश लिम्बु, गणेश प्रसाद खतिवडा, विजय खनाल, बिपिन भट्टराई, निशान खनाल, अविनित चौधरी र कृष्ण घिमिरे खत्री निर्वाचित भएका छन् । वि.सं २०६० सालमा स्थापना भएको सेभेन स्टार क्लबले सामाजिक क्रियाकलापहरुसँगै राष्ट्रिय क्रिकेट खेलाडीहरु सहभागि इटहरी कप टि २० क्रिकेट प्रतियोगिता पनि आयोजना गरि सकेको छ ।
नवनिर्वाचित अध्यक्ष नवराज पौडेलले क्लबले इटहरी कप टि २० क्रिकेट प्रतियोगिताको ४ वटा संस्करण सफलता पूर्वक आयोजना गरि सकेको बताए । उनले आगामी दिनमा पनि इटहरीमा क्रिकेट लगायत अन्य खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने बताए ।

टिप्पणी लेख्नुहोस्